Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ

कैलाली : जिल्लाको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन्। पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन्। त्यसबेलाका राजाहरू यहाँ आएर बसेका कारण उनीहरूकै नाममा संरचना बनाइएको छ।

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए। राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएको थियो। त्यही घर महेन्द्र आरोग्य गृह हो। राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए। पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो।

२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो। समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो। पार्क अहिले ८५ बिघामा फैलिएको छ। जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ।

पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ। कर्णाली किनारमा अवस्थित गुलाबको बगैंचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरूको पनि भिड लाग्छ। यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ।

पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ। बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ। यो पुल सन्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस अनुसार बढ्न सकेका छैनन्।

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन्। तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन्। यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP