Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।

आज सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ।

मौद्रिक नीतिको समिक्षामा यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ । त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट बढाएर १ करोड कायम गरिएको छ।

यस्तो छ आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा :

१- अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै आर्थिक वृद्धिलाई सहयोग पुर्याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२- ८३ को मौद्रिक नीति २०८२ असार २७ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीति जारी भएपश्चात्राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको छ ।

२- २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा असमान्य परिस्थितिले मानवीय र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । वर्षेवाली लगाउने समयमा मनसुनमा आएको ढिलाइ र असोज महिनामा भएकोअधिक वर्षाका कारण कृषि उत्पादन केही प्रभावित भएको अनुमान छ । आन्दोलनपश्चात्बनेको सरकारले शान्ति–सुरक्षा तत्काल कायम गर्दै सुशासन प्रवद्र्धन, क्षतिको पुनर्निर्माण र निजी क्षेत्रमैत्री नीतिगत सहजतामा जोड दिएको छ । साथै, यस बैंकले समेत नियामकीय लचकता कायम गरेकोले आर्थिक क्रियाकलाप विस्तार गर्न सघाउ पुग्ने विश्वास छ ।

३- विदेशी पर्यटकको आगमन बढेको छ । वस्तु आयातको वृद्धि कोभिडपूर्वको अवस्थामा पुगेको छ भने निर्यातमा समेत उल्लेख्य सुधार आएको छ । विप्रेषण आप्रवाहको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । मुद्रास्फीति लक्ष्यभन्दा न्यून छ । समग्र वित्तीय स्थायित्व कायम रहेको छ । बैकिङ क्षेत्रमा प्रचुर तरलता छ भने ब्याजदर न्यून छ । यद्यपि, कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन ।

४- यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम्वित्तीय अवस्था र समष्टिगत आर्थिक परिदृश्यका आधारमा आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ ।

विश्व अर्थतन्त्रको स्थिति र परिदृश्य

५- विश्वमा भूराजनीतिक टकराव कायमै रहेको, व्यापार महसुल द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित भइरहेको र कोभिडपछि सार्वजनिक ऋण उल्लेख्य बढी अधिकांश मुलुकहरूले वित्त सबलीकरणमा ध्यान दिएकोलगायतका कारणलेविश्व आर्थिक वृद्धिमा अपेक्षित सुधार हुन सकेको छैन । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट पनि विश्व अर्थतन्त्रमा चुनौती थपिएको छ । फलस्वरूप, विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ ।

६- सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२५ र सन् २०२६ दुवै वर्ष १.६ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२५ मा ४.२ प्रतिशत र सन्२०२६ मा ४.० प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।

७- सन् २०२४ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६.५ प्रतिशत र ५.० प्रतिशतले विस्तार भएकोमा सन्२०२५ मा क्रमशः ६.६ प्रतिशत र ४.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । सन् २०२६ मा भने भारत र चीन दुवैको आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा केही कम हुने कोषको प्रक्षेपण छ ।

८- विश्वको मुद्रास्फीति क्रमशः घट्दो क्रममा रहेको छ । सन् २०२४ मा विश्वको उपभोक्ता मुद्रास्फीति ५.८ प्रतिशत रहेकोमा सन्२०२५ मा ४.२ प्रतिशत र सन्२०२६ मा ३.७ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशत र सन् २०२६ मा २.२ प्रतिशतमा सीमित हुने कोषले प्रक्षेपण गरेको छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा ७.९ प्रतिशत रहेकोमा सन्२०२५ मा ५.३ प्रतिशत र सन्२०२६ मा ४.७ प्रतिशत हुने प्रक्षेपण छ ।

९- सन् २०२४ मा भारत र चीनको उपभोक्ता मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत र ०.२ प्रतिशत रहेकोमा सन् २०२५ मा क्रमशः २.८ प्रतिशत र शून्य प्रतिशत रहने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन्२०२६ मा भारत र चीनको मुद्रास्फीति क्रमशः ४.० प्रतिशत र ०.७ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

१०- पछिल्लो समय अधिकांश केन्द्रीय बैंकहरूले मौद्रिक नीतिको अडानलाई लचक बनाउँदै लगेका छन्। अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा उच्च स्तरमा पुर्याएको फेडरल फण्ड रेटलाई क्रमशः घटाउँदै २०२५ अक्टोबरमा ३.७५–४.०० प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले भने२०२५ अक्टोबरमा निक्षेप सुविधा दरलाई २.०० प्रतिशतमा यथावत्कायम गरेको छ । भारतीय रिजर्भ बैंकले समेत २०२५ अक्टोबरमा नीतिगत दरलाई ५.२५ प्रतिशतमा यथावत् कायम गरेको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP