लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : १३ विद्यालयलाई सचेतना सामाग्री हस्तान्तरण

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले १३ विद्यालयलाई सचेतना सामाग्री हस्तान्तरण गरिएको छ । ‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं । लैगिंक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको सचेनामुलक कार्यक्रममा सचेनतामुलक फुलेक्सा बोर्ड उपलब्ध गराइएको हो ।

प्रविधिको दुरुपयोग लैगिंक तथा घरेलु हिंसा न्यूनीकरण गर्न विद्यालयका बालबालिका लक्षित सचेतनालाई कपिलवस्तु प्रहरीले कानुनी व्यवस्था सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम प्रहरी उपरीक्षक सन्तोष आचार्य, गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश प्रमुख सुशीला बेल्बासले विद्यालयलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रम अघि जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाले गौढीचोकबाट आन्दोलनचोकसम्म प्लेकार्ड र ब्यानरसहितको र्‍याली गरेका थिए । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा नगरका १२ वटै वडा समेटने गरि १३ वटा सामुदायिक र सरकारी विद्यालयलाई फ्लेक्स प्रिन्ट बोर्ड र सचेतनामुलक स्टिकरहरु हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

कार्यक्रममा कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले लैगिंक हिंसामा संलग्नको तथ्याकं हेर्दा करिब ९२ प्रतिशत चिनजानका व्यक्तिनै भेटिएको पाइएको तथ्याकं प्रस्तुत गरे ।

नेपाल प्रहरीको तथ्याकंमा कुल हिंसाको २९ प्रतिशत लैगिंक हिंसा हुने गरेकोमा ८१ प्रतिशत घरेलु हिंसा रहेको तथ्याकं प्रस्तुत गरिएको थियो । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP