प्रधानमन्त्री शुसिला कार्की मुगु र जुम्ला भ्रमणका लागि सुर्खेत पुगेकी छन्।उनी आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेकी हुन्। सुर्खेतबाट उनी मुगुस्थित राराताल जाने कार्यक्रम रहेको छ। राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यतालिका रहेको छ ।मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री भोलि त्यहीँबाट जनकपुर जाने योजना रहेको छ।मुगु र जुम्लाको अन्य कार्यक्रमबारे भने विस्तृत जानकारी प्राप्त नभएको उनले बताए।प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी रहेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया