Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौती सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन्।

शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्न सक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्नेसमेत बताए।

राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो।

महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औँल्याउँदै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

उनले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्नेसमेत बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP