Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज यहाँ आयोजित एक समारोहबीच उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री यादव मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्।

उनलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन तथा सहमतिका आधारमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो।

सोही समारोहमा नवनियुक्त तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ। जनमत पार्टीबाट अर्थमन्त्रीमा महेशप्रसाद यादव, नेपाली कांग्रेसबाट विनाविभागीय मन्त्रीमा जगीलाल राय र नेपाली कम्युनिष्ट पार्टीबाट विनाविभागीय मन्त्रीमा कनिश पटेल नियुक्त भएका हुन्।

उनीहरूलाई प्रदेश प्रमुख डा. कर्णले शपथग्रहण गराएका थिए। उक्त अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमुख्यमन्त्री उपस्थित थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP