Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मेस्सीले लगातार दोस्रोपल्ट जिते एमएलएस एमभीपी अवार्ड

काठमाडौं : इन्टर मियामीलाई ऐतिहासिक उपाधि दिलाएका अर्जेटिनाका सुपरस्टार लियोनेल मेस्सीले लगातार दोस्रो सिजन पनि मेजर लिग सकर (एमएलएस) को ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) अवार्ड जितेका छन्।

यो उपाधि पाउने उनी पहिलो खेलाडी बनेका छन्। इण्टर मियामीका फरवार्ड मेस्सीले दुई असिस्ट दिएको खेलमा उनको टोलीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलोपटक एमएलएस कप जितेको छ।

३८ वर्षे मेस्सीले २०२५ को नियमित सिजनमा २९ गोल गरेर सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट पनि जितिसकेका छन्।

आठपल्टका बलोन डी’ओर विजेता मेस्सी एउटा सिजनमा १० वटा मल्टी–गोल गर्ने पहिलो एमएलएस खेलाडी पनि हुन्। यसअघि स्टर्न जोन, मामाडु डियालो र ज्लाटन इब्राहिमोभिचले राखेको ८ खेलको रेकर्ड उनले तोडिदिएका छन्।

मेस्सीले यसअघि तीन ‘यूइएफए मेन्स प्लेयर अफ द इयर‘ अवार्ड, छ ‘युरोपियन गोल्डेन सु’, छ ‘ला लिगा बेस्ट प्लेयर’ उपाधि, स्पेनिस फुटबलका सर्वाधिक गोलकर्तालाई दिइने आठ ‘पिचिची ट्रफी’ र १५ पटक ‘अर्जेन्टाइन फुटबलर अफ द इयर’ सम्मान हासिल गरिसकेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP