Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४

पाल्पा : निस्दी गाउँपालिका–४ चिउरीवासमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

मृत्यु हुनेमा नवलपरासीको मध्यविन्दु नगरपालिका -१३ का ३४ वर्षीय सुन्दर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। उनको उपचारको क्रममा मृत्यु भएको हो।​

मृतक सबैको सनाखत भएको छ। नवलपरासीको मध्यविन्दु नगरपालिका -१३ का ३१ वर्षीया बुद्धिमाया विक, पाल्पाको निस्दी गाउँपालिका-७ हुवासका ३६ वर्षीया हेमकुमारी सारू, निस्दी ४ ठोक्सिङका ४५ वर्षीया ओमकुमारी खाम्चा रहेको प्रनाउ चौधरीले बताए।

सातजना घाइते भएका छन्। चारजना उपचारपछि डिस्चार्ज भएका छन्।

तीनजनाको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। उपचाररत उनीहरूको गम्भीर रहेको छ। यद्यपि खतरामुक्त रहेको उनले बताए।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान १० बजे दुर्घटना भएको थियो।

​चिउरीवासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ ब्याक भएर दुर्घटना भएको प्रनाउ चौधरीले बताए।

जिप सडकबाट एक हजार १०० मिटर तर खसेको थियो।

सामान्य घाइते अवस्थामा रहेका चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP