
काठमाडौं : नेकपा एमालेले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार ताेकेको छ। मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
पदाधिकारीहरू र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरू र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाइसकेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया