Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका- १ बन्साहमा बहुलाहा कुकुरको आतङ्क फैलिएको छ। बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु चौपायालाई टोकेपछि रेबिज फैलिने त्रास बढेको हो।

शुक्लाफाँटा- १ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ। ‘सोमबार बिहानदेखि बहुलाहा कुकुर अनियन्त्रित रूपमा सामुन्नेमा पर्ने जोकसैलाई टोक्दै हिँडेको थियो’, उनले भने, ‘प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साँझ अबेर नियन्त्रणमा लिन सफल भयौँ।’

बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेबिज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताए। कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइसकेका छौँ’, उनले भने, ‘टोकिने गाईलाई पनि रेविजविरुद्धको सुई लगाइएको छ।’

बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि वडा कार्यालयबाट टोली परिचालन गरिएको छ। तर ती कुकुर फेला पार्न कठिनाइ भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिए। “रेविजविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने, ‘आज बिहानैदेखि वडा कार्यालयमार्फत कुकुरलाई रेबिजको सुई लगाइनेछ।’

स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरले अन्य कुकुर, पशुचौपाया तथा मानिसलाई टोक्ने जोखिम रहेकाले भयको अवस्था सिर्जना भएको बताएका छन्। बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखिएको नगर प्रहरी प्रमुख पदमबहादुर ऐरले बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP