Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित

काठमाडौं : नेकपा एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित भएका छन्।

एमालेको विधान अनुसार ३ जना उपमहासचिवमा निर्वाचित हुने व्यवस्था छ। त्यसमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए।

भट्ट र महासेठ जित्दा रिमाल भने हार्न पुगे।

उपमहसचिवमा सबैभन्दा धेरै मत ल्याएका भट्टले १४ सय ५२ मत ल्याउँदा महासेठले १३ सय ६८ मत ल्याए। १३ सय ४८ मतका साथ तेस्रो स्थानमा रहँदै योगेश भट्टराईले उपमहासचिवमा बाजी मारे। यसअघि उनी सचिव थिए।

ओलीका अति निकटमध्येका एक रिमालले १ हजार ९१ मत ल्याएर पराजित भए।

ओलीका अर्का निकट नेता महेश बस्नेत भने सचिव पदमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्।

९ जना सचिव रहने व्यवस्थामा सर्वाधिक १ हजार ५ सय ४४ मत ल्याएर उनी विजयी भएका हुन्। सचिवमा पद्मा अर्याल, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, हिक्मत कुमार कार्की, राजन भट्टराई, खगराज अधिकारी र छविलाल विश्वकर्मा पनि निर्वाचित भएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP