Trending
राजनीति हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वले देश युक्रेन बनाउँदै छन् : राजन भट्टराई समाज बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका खेल महिला साफ च्याम्पियनसिप फुटबल शनिबार समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय खेल ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी राजनीति सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन् राजनीति शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र समाज दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति अन्तर्राष्ट्रिय कारबाहीका क्रममा पाँच जना आतंकवादी मारिए

एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित

काठमाडौं : नेकपा एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित भएका छन्।

एमालेको विधान अनुसार ३ जना उपमहासचिवमा निर्वाचित हुने व्यवस्था छ। त्यसमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए।

भट्ट र महासेठ जित्दा रिमाल भने हार्न पुगे।

उपमहसचिवमा सबैभन्दा धेरै मत ल्याएका भट्टले १४ सय ५२ मत ल्याउँदा महासेठले १३ सय ६८ मत ल्याए। १३ सय ४८ मतका साथ तेस्रो स्थानमा रहँदै योगेश भट्टराईले उपमहासचिवमा बाजी मारे। यसअघि उनी सचिव थिए।

ओलीका अति निकटमध्येका एक रिमालले १ हजार ९१ मत ल्याएर पराजित भए।

ओलीका अर्का निकट नेता महेश बस्नेत भने सचिव पदमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्।

९ जना सचिव रहने व्यवस्थामा सर्वाधिक १ हजार ५ सय ४४ मत ल्याएर उनी विजयी भएका हुन्। सचिवमा पद्मा अर्याल, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, हिक्मत कुमार कार्की, राजन भट्टराई, खगराज अधिकारी र छविलाल विश्वकर्मा पनि निर्वाचित भएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP