Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अनिलकुमार सिन्हाले जेनजी आन्दोलनले सहज र शीघ्र सेवा प्रवाह

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनले सहज र शीघ्र सेवा प्रवाह गर्न दबाव दिएको बताएका छन्।

बुधवार गोरखापत्र संस्थानले गरेको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताए।

उद्योगमन्त्री सिन्हाले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन गराउने भए पनि सुशासन, सेवा प्रवाहमा सुधार, शान्ति सुरक्षा, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, सहज औद्योगिक वातावरण निर्माण, सरकार क्षेत्रको स्वतन्त्रता पनि सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

जेनजीले उठाएका माग सरकारले गम्भीर रूपमा हेरेको उनको भनाइ छ। उनले जेनजी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइने बताए।

मन्त्री सिन्हाले भने‚ ‘जेनजीले उठाएका कुरालाई गम्भीर रूपमा हेरेका छौँ। पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सार्वजनिक सेवा र देशभित्रै गरिखान देऊ भन्ने मुख्य माग हो। यो आन्दोलनले हामीलाई परम्परागत प्रक्रियाबाट बाहिर निस्कन र प्रविधिमा आधारित सहज र शीघ्र सेवा प्रवाह गर्न दबाव दिइरहेको छ।’

सिन्हाले अख्तियारलाई देखाएर काम नगर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा व्याप्त देखिएको बताए। उनका अनुसार सही काम गर्नेहरू डराउनपर्ने स्थिति छैन। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP