
अर्घाखाँची — प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् ।
जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।
‘जहाँ भौगोलिक जटिलताका मतदान स्थल छन्, ती अति संवेदनशीलमा राखिएको छ,’ उनले भने, ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, जलुके लगायतका ठाउँका रहेका छन् । सदरमुकाम र सहज यातायातको पहुँच, भौगोलिक सहजता भएका स्थलहरू सामान्यमा राखिएको छ ।’
शितगंगाका अधिकांश क्षेत्रका बस्तीहरू छरिएर रहेको, घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घण्टौं पैदल हिँडेर मतदाता मतदान स्थलमा पुगेर भोट हाल्दै आएका छन् । सबै मतदान केन्द्रमा घुमेर मतदातालाई सहजै रूपमा ढुक्कसँग घरबाट मतदान केन्द्रमा पुगेर आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्ने वातावरणको लागि थप सुरक्षा रणनीति अपनाउने उनले बताए । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया