Trending
राजनीति हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वले देश युक्रेन बनाउँदै छन् : राजन भट्टराई समाज बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका खेल महिला साफ च्याम्पियनसिप फुटबल शनिबार समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय खेल ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी राजनीति सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन् राजनीति शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र समाज दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति अन्तर्राष्ट्रिय कारबाहीका क्रममा पाँच जना आतंकवादी मारिए

दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

नेपालगञ्ज : दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ। यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए। उनका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ।

उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढने सङ्केत गरे। ‘उत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ’, उनले भने।

अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताए।
जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा वर्षाले क्षति पुर्‍याएको छ। विगतमा माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन्।
करिब रु चार करोड लगानी रहेको इँटा उद्योगमा ३०० हाराहारीमा जनशक्ति छन्। एउटा इँटालाई रु १५ पर्छ। बाँकेको नेपालगञ्जबाहेक खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारीलगायत स्थानमा इँटाभट्टा सञ्चालनमा रहेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP