Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

तीन दिनमा ५२ हजार ७ सयले घट्यो नेपाली बजारमा सुन


काठमाडौं : पछिल्लो तीन दिन यता सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ।

तीनदिनमा सुन तोलामा ५२ हजार ७०० रुपैयाँले घटेको छ। सोही समयमा चाँदीमा २ हजार ३०५ रुपैयाँको गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भई ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ निरन्तर ओरालो लागेको हो।

यस्तै, सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएसँगै उच्च विन्दुमा पुगेको चाँदी लगातार गिरावट आएको हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP