
काठमाडौँ : रौतहटको यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन भएको छ। मुखियाको सोमबार राति उनको निधन भएको हो।
राति करिब १२ बजे अचानक हृदयाघात भएपछि उनलाई तुरुन्तै वीरगञ्ज लैजान खोजिएको थियो। बाटोमै उनको निधन भएको हो। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि यमुनामाईस्थित निवासमै राखिएको छ।
मुखिया २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए। सशस्त्र युद्धकालमा माओवादीको जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका मुखिया रौतहटको राजनीतिमा एक प्रभावशाली र जुझारु नेताका रूपमा परिचित थिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया