Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दुर्घटनासँगै अवैध बाख्रा तस्करी खुलासा

विजयनगर, २० माघ ।  

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको सवारी दुर्घटनाले अवैध पशु तस्करीको घटनालाई उजागर गरेको छ । विजयनगर गाउँपालिका-२ मगरघट्टा स्थित भित्री सडक खण्डमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक साइकल यात्री घाइते भएका छन् भने गाडीबाट भारततर्फ अवैधरूपमा लैजान लागिएका ५६ वटा बाख्रा बरामद गरिएको छ ।

प्रहरीका अनुसार २०८२ माघ १९ गते साँझ करिब ७ बजे मगरघट्टाबाट उठहवा तर्फ जाँदै गरेको लु ३ च ७१८ नम्बरकाे बोलेरो पिकअप भ्यान अनियन्त्रित भई पल्टिएको थियो । सो क्रममा बाटोको छेउमा रोकी राखेको साइकललाई ठक्कर दिँदा साइकल चालक कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-११ प्रभातनगर निवासी करिब २७ वर्षीय अजय कुमार भर गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालप गणेशपुरका अनुसार दुर्घटनामा घाइते भरको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको र तत्काल उपचारका लागि चौराहा अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले गाडी जाँच तथा चालकसँग सोधपुछ गर्दा आवश्यक कागजात साथमा नरहेको पाइएको थियो ।

थप अनुसन्धानका क्रममा उक्त बोलेरो पिकअप भ्यानमार्फत नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी पैठारी गर्न ५७ वटा बाख्रा लोड गरिएको खुलासा भएको हो । बरामद गरिएका बाख्रामध्ये एक बाख्रा बिरामी अवस्थामा रहेको र सोही गाडीभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँकी ५६ वटा बाख्राको ३ लाख ९२ हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ ।

प्रहरीले गाडी, चालक तथा बरामद बाख्राहरूलाई रीतपूर्वक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको थियो । यस सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले भन्सार कार्यालय कृष्णनगरमा पठाइएको जनाइएको छ ।

घटनाले सीमावर्ती क्षेत्रमा अझै पनि अवैध पशु तस्करी सक्रिय रहेको स्थानीयले बताएका छन् ।  उनीहरुले प्रहरीकाे मिलेमतो बिना खुला रुपमा पशु ओसारपसार हुनै नसक्ने आराेप समेत लगाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP