Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन

काठमाडौं : अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सि.सि.) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्यार्थीका माग बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको कमिटीले जनाएको छ।अनेरास्ववियूका अनुसार कलेजमा देखिएका विभिन्न शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार सम्बन्धी समस्याको समाधान र विद्यार्थीका माग सम्बोधनका लागि पटक–पटक लिखित तथा मौखिक पहल गरिएको थियो। तर कलेज प्रशासनले चासो नदेखाएपछि के.सि.सि. कमिटी र विद्यार्थीहरूले संयुक्त रूपमा शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हुन्।आन्दोलनमा सहभागी विद्यार्थीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर ‘हाम्रो माग पूरा गर’, ‘विद्यार्थीमैत्री वातावरण कायम गर’ लगायतका नारा लगाइरहेका छन्। कलेज प्रशासनले माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन बोलाएर आन्दोलन दबाउने प्रयास गरेको आरोप अनेरास्ववियूले लगाएको छ।क्याम्पस कमिटीका अध्यक्ष रोहन माझीका अनुसार कलेजले विद्यार्थीहरूको जायज मागलाई बेवास्ता गर्दै उल्टै दबाब र त्रास सिर्जना गर्न खोजेको बताए। ‘हामीले पटक–पटक संवाद र सहमतिबाट समस्या समाधान गर्न खोज्यौं, तर प्रशासन गम्भीर देखिएन। अब पनि छिटोभन्दा छिटो माग सम्बोधन नगरिए आन्दोलनको स्वरूप अझ सशक्त बनाइनेछ,’ उनले चेतावनी दिए।विज्ञप्तिअनुसार विद्यार्थीहरूले विशेषगरी कलेज पोशाकको नाममा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न, खेलमैदान तथा पार्किङ व्यवस्थापन गर्न, वार्षिक खेलकुद कार्यक्रमको बजेट पारदर्शी बनाउन, कक्षाकोठामा एसीको व्यवस्था गर्न, प्रत्येक भवनको प्रत्येक तलामा शुद्ध पिउने पानीको डिस्पेन्सर राख्न, साउण्ड सिस्टम व्यवस्थापन सुधार गर्न तथा शिक्षक मूल्याङ्कन प्रणाली कार्यान्वयन गरी आवश्यक परे शिक्षक परिवर्तन गर्न माग गरेका छन्।अनेरास्ववियूले तीन दिनभित्र माग सम्बोधन गर्न कलेज प्रशासनलाई विज्ञप्ति सहित आग्रह गरेको थियो,तर ३ दिन बितिसक्दा पनि कलेज प्रशासन मौन बसेकोले आज बिहान बाट कलेज प्राङ्गनमा आफुहरु प्लेकार्ड सहित नारामा उत्रिएको बताए यतिहुदा पनि कलेज प्रशासन मौन नै रह्यो भने विद्यार्थीहरूको पक्षमा अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइए थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP