
जेनजी अगुवाहरुले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढाएका छन्।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई २४ फागुनमा प्रतिवेदन बुझाइसके पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नभएपछि जेनजी अभियन्ता रक्षा बमलगायतले सरकारमाथि दबाब बढाउन थालेका हुन्।कार्की नेतृत्वको आयोगलाई २३ भदौको जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो।निर्वाचनअघि पटकपटक म्याद थप्दै कार्यकाल लम्ब्याएको आयोगले निर्वाचन सकिएपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो। सरकारमाथि दबाब बढाउनका लागि जेनजी युवाले आज दिउँसो एक बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका छन्।सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया