Trending
राजनीति उपराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट राजनीति रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म अन्तर्राष्ट्रिय भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ समाज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा खेल जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु समाज उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकी दूतावासमा कयौँ ड्रोन तथा रकेट आक्रमण समाज हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति समाज बाजुरामा ढुङ्गा प्रहारबाट एकजनाको हत्या राजनीति निर्वाचित भएका उम्मेदवारलाई पर्सि चैत ५ गते प्रमाणपत्र वितरण गर्ने

हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति

सोमबार साँझ आएको हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो। हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो।सडकमा रुख ढलेपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो। अवरुद्ध सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल को टोली घटनास्थलमा खटिएको थियो। सुरक्षाकर्मीहरूले सडकमा ढलेका रुख तथा अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक पुनः सञ्चालनमा आएको छ।हावाहुरीका कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका भवनहरूमा पनि क्षति पुगेको छ। लोक सेवा आयोग नेपाल को कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय धनकुटा तथा निजामती विद्यालयलगायतका भवनमा क्षति पुगेको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।उनका अनुसार हाल उद्धार तथा व्यवस्थापनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको छ। विवरण संकलन सम्पन्न भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गरिने उनले बताए।हावाहुरीका कारण प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए।यसैबीच, हावाहुरीका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि धनकुटा जिल्लाभर विद्युत सेवा बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवका अनुसार सोमबार रातिदेखि अवरुद्ध भएको विद्युत सेवा मंगलबार बेलुकासम्म केही स्थानमा सञ्चालन गर्ने तयारी भइरहेको छ।मंगलबार दिउँसोसम्म क्षति पुगेका स्थानहरूको पहिचान गर्ने काम भइरहेको र कम क्षति भएका क्षेत्रमा बेलुकासम्म विद्युत आपूर्ति पुनः सुरु गर्ने प्रयास भइरहेको यादवले बताए।प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्ने बताइएको छ।साथै चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशंका भए तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।हावाहुरीका कारण जिल्लाका अधिकांश घरमा क्षति पुगेको छ। धेरै घरका छाना उडेको र केही परिवार त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।यसका साथै गोठ तथा सवारीसाधनमा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार हालसम्म मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ।हाल जिल्लाभर क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। हावाहुरीका कारण कृषि बालीमा पनि क्षति पुगेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP