ग्यास अभाव भएपछि नवलपुरमा बजार अनुगमन

देशभर ग्यासको अभाव भएका समाचार बाहिर आउन थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तीव्रता दिएको छ।हिजो गैँडाकोट र देवचुली नगरपालिकामा अनुगमन गरेको प्रशासनको टोलीले आज बुधबार कावासोती र मध्यविन्दु नगरपालिकामा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योति अर्यालले जानकारी दिए।उनले चारवटै नगरपालिकाभित्र रहेका ग्यास उद्योग र सप्लायर्सहरुमा अनुगमन गरिएको बताए। अनुगमनमा कालोबजारी नदेखिएको र मध्यविन्दु नगरपालिका बाहेकमा ग्यासको अभाव नभएको अर्यालले बताए।मध्यविन्दुमा भने ठूला सप्लायर्स नहुँदा केही समस्या भएको देखिएको अर्यालले बताए। ग्यासको अभाव हुने ठानी ग्राहक आत्तिएर धेरैतिरबाट ग्यासका सिलिण्डर खरिद गर्न खोज्दा केही समस्या भए पनि व्यवस्थापन गर्ने गरेको सप्लायर्सहरूले बताएका छन्।यसैबीच जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ग्यासको कृत्रिम अभाव नगराउन अपिल गरेको छ। कृत्रिम अभाव गराएको पाइए कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको छ।होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना सहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गराइएको भन्दै त्यसलाई रोक्न माग गरेको थियो।अमेरिका, इरान युद्धपछि नेपालमा ग्यासको अभाव हुन नदिन सरकारले आधा सिलिण्डर ग्यास आधा मूल्यमा बजार पठाउने निर्णय गरेको छ। सोहीअनुसार बजारमा आधा सिलिण्डर वितरण गर्ने गरिएको छ। थााहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP