Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा निषेधाज्ञा जारी, उपयुक्त निर्णय लिन सर्वदलीय बैठक


काठमाडौँ : कपिलवस्तुमा हिजोदेखि लगाइएको निषेधाज्ञा बारेमा थप निर्णय लिन सर्वदलीय बैठक बसिरहेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो दिउँसो २ बजेदेखि लगाएएको निषेधाज्ञा अहिले पनि कायमै रहेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठकले हालको अवस्थाको समीक्षासहित आवश्यक थप निर्णय लिने उहाँले बताउनु भएको छ। उनका अनुसार विवाद नटुङ्गिएसम्म निषेधाज्ञा जारी रहन्छ। निषेधाज्ञाका बाबजुद केही ठाउँमा आज पनि प्रदर्शन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

हिजो भएको प्रदर्शन तथा झडपका घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको छ। महाराजगञ्ज नगरपालिकाको– २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले हिजो दिउँसोदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो। घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

महाराजगञ्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन्। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP