Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीकै संरक्षणमा तस्करी

कपिलवस्तु ३ असोज
नेपाल प्रहरीको संरक्षणमा कपिलवस्तुको सीमा क्षेत्रहरुमा तस्करी मौलाएको छ । भारतीय वस्तुहरुमा अनिवार्य गरिएको आयकर जिएसटी र सोहि पत्रका आधारमा नेपालमा हुने वस्तु भन्सारका कारण सीमा क्षेत्रमा तस्करी बढेपनि प्रहरीले त्यसलाई नियन्त्रण गर्न चासो देखाएको छैन । तेश्रो मुलुकबाट नेपाल भित्रने सामानहरु अहिले धमाधम भारत तर्फ तस्करी भई रहेको छ । विगत २ साताको अवधिमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालबाट भारत लैजादै गर्दा लाखौ मुल्य पर्ने सामान पक्राउले यसको पुष्टि गरेको छ । तेश्रो मुलुकबाट नेपाल ल्याउने र त्यहा बाट तस्करी गरि भारत लैजाने वस्तुमा अहिले सबै भन्दा बढि थाइल्याण्ड, मलेशिया तथा इन्डोनेशियाबाट आयातित मटरको दाल, कालो मरिच, सुपारी, ल्वाङ्ग, छुवारा, सानो अलैची रहेका छन् । यसै गरि चीन बाट आउने इलेक्ट्रोनिक्स, मेमोरी कार्ड र स्याउ पनि भारत तर्फ तस्करी भइरहेको छ ।

भारतीय बजारमा प्रतिबन्ध र महंगो पर्ने भएपछि अहिले नेपाली चुरोट र गुट्खाहरु समेत अवैध बाटो तस्करले भारती बजारमा लगिरहेका छन् । गत साता मात्रै भारतीय सीमा सुरक्षा बलले कपिलवस्तुबाट गएको ३३ क्वीन्टल मटर दाल सीमाना पारी ककरहवामा पिकअप भ्यान सहित पक्राउ गरेको थियो । यसै गरि पिपरा को पिलर नम्बर ३३ नजिकै भारतीय एसएसबीले ३ क्वीन्टर मटर दाल र ३ साइकल बरामद गरेको भारतीय पत्रिका अमर उजालाले समाचार प्रकाशन गरेको छ । भारतीय एसएसबी उपनिरिक्षक बरुण कुमारले केहि दिन यता नेपालबाट भारत तर्फ दाल, सुपारी, मरिच लगायतका वस्तुको अवैध आयात भइरहेको स्वीकार गरेका छन् । विहिबार राती पुनः भारतीय सीमा सुरक्षा बलले ६ क्वीन्टल मटरको दाल र ७५ किलो छुवारा पक्राउ गरेको छ । एसएसबीका अनुसार उक्त सामान चाकरचौडाका व्यापारी अमित गुप्ता र शोहरतगढका व्यापारी संजयको रहेको पक्राउ परेका ओसारपसारकर्ता हरुले जानकारी दिएका छन् ।

अहिले जिल्लाको ठकुरापुर, सिर्सिहवा, कृष्णनगर, कुकुरभुकवा, भिल्मी, हरदौना, मर्यादपुर, रंगपुर, बेलवा तुल्सिपुर, चाकरचौडा, हथिहवा दोहनी लगायतका नाकाहरुबाट निर्वाध रुपमा तस्करी भइरहेको छ । सबै भन्दा बढि चाकरचौडा नाकाबाट तस्करी भइरहेको स्थानीयबासीहरुको भनाई छ । भन्सार कर्मचारीहरु समेत प्रहरी संग मिलेर तस्करको साथ दिएपछि स्थानीयले राजस्व अनुसन्धान विभागलाई उजुरी गरेका थिए । विभागले भदौ १६ गते छापा हान्दा भारतबाट तस्करी गरि ल्याइएको ७३ लाख बराबरको सामान बरामद भएको थियो । जसमा ६० लाखको सुर्ती मात्र थियो । राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय रानाका अनुसार स्थानीय जगन्नाथ उपाध्यायको घरबाट उक्त सामान बरामद भएको थियो । उक्त सामान सकिल खाँनको रहेको प्रहरी श्रोतले जनाएको छ ।

चाकरचौडा नाका अहिले सबै तस्करको केन्द्र बनेको छ । चाडबाडका लागि आवश्यक पर्ने कपडा, चिनी र खसिबोका समेत त्यहाबाट नेपाल ल्याइन्छ भने तेश्रो मुलुकका सामान भारत पठाइन्छ । चाकरचौडा प्रहरी नायब निरिक्षक घडिराम यादवले मासिक लाइन लिएर तस्करी चलाएपछि अहिले सो क्षेत्र अवैध ओसार पसारको केन्द्र बनेको स्थानीयबासीहरु बताउछन् । सुरक्षा श्रोतका अनुसार मर्चवार घर भएका यादव बर्तमान एसपी दीपशमशेर जबराका विश्वासिला पात्र हुन् । पटक पटक विवादमा आउदा समेत उनलाई जहाँको त्यहि राखिएपछि सो क्षेत्रमा तस्करी झन मौलाएको श्रोतको दाबी छ । श्रोतका अनुसार उनले तस्कर सकिल खाँन सित मासिक २० हजार लिने गरेका छन् । यसै गरि व्यापारी सुवास जैसवाल संग १० हजार , फकरुदिन संग ५ हजार , चन्द्र प्रकाश संग २ हजार लाला भन्ने व्यापारी संग ८ हजार लिदै आएका छन् । त्यस्तै भारतबाट नेपाल सामान ल्याउने पप्पू कलवार संग ३ हजार , गोलू संग ३ हजार , हरिहर संग ५ हजार , अरमान संग २ हजार गरी करीब २ दर्जन भन्दा बढी ब्यापारी संग महिनाबारी लिदै आएको श्रोतको दाबी छ । उनले सबै तस्करहरुलाई आफ्नो घुमुवा प्रहरी जवान घनश्याम यादव मार्फत रकम संकलन गर्न लगाउने गरेका छन् । सीमा प्रहरी चौकी चाकरचौडाका प्रमुख यादवले भने आफुलाई बदनाम गराउनका लागि अनावश्यक हल्ला फैलाइएको दाबी गर्नुभयो । प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले पनि सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि विशेष टोली परिचालन गर्ने तयारी भइरहेको बताउनुभयो । चाकरचौडाको बारे आवश्यक अनुसन्धान गर्ने मल्लले जानकारी दिनुभयो ।
तत्कालिन प्रहरी उपरिक्षक मनोज यादव तथा प्रहरी नायब उपरिक्षक रबी रावल कार्यरत रहदा सोहि समयमा ७० लाख बढिका सामान भन्सार चलान गरिएको थियो । तर अहिले नेपाली समान भारतीय सुरक्षा बलले पक्राउ गर्दा सीमाका सुरक्षाकर्मीको क्षमतामा प्रश्न खडा भएको छ । श्रोतका अनुसार तस्करी बढ्नुमा जिल्ला प्रहरी कार्यालयको नेतृत्वको दबाव पनि मुख्य कारण हो । प्रत्येक सीमा प्रहरी चौकी तथा ईलाका प्रहरी कार्यालयबाट महिनाबारी आउने तोकुवा रकम विगत भन्दा दोब्बर बढेपछि तस्करी खुकुलो भएको र चौकी इन्चार्जहरु श्रोत जुटाउने धन्दामा लागेको जिल्लाको सुरक्षा श्रोतको दाबी छ । यो समाचार आजको बुद्ध दर्पण दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP