Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

प्रहरी थुनामा रहेका ३ जना विप्लब नेतृत्वको नेकपमा नरहेको घोषणा

कपिलवस्तु

सार्वजनिक मुद्दामा वडा प्रहरी कार्यालय तौलिहवामा थुनामा रहेका ३ जनाले आफुहरु विप्लव नेतृत्वको नेकपामा नरहेको बताएका छन् । रुपन्देहीको सियारी गाउंपालिका ओर्लवाका ६४ वर्षीय विष्णु तिवारी, गैडहवा गाउंपालिका वडा नं. ६ मोजरहवाका ४५ वर्षीय रुदल यादव र लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. ८ भगतपुरवाका ५३ वर्षीय विक्रम यादवले आफुहरु कुनै राजनैतिक पार्टीमा नरहेको बताएका छन् ।
प्रहरीले आईतवार सार्वजनिक मुद्दामा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय तौलिहवा लगेको बेला जिल्ला प्रशासन कार्यालय परिसरमा सो कुरा बताएका हुन । आफुहरु स्वतन्त्र पूर्वक एक साधारण नागरिकको रुपमा जीवनयापन गर्न चाहेको र आफुहरु विप्लब नेतृत्वको नेकपामा संलग्न नरहेको बताएका छन ।
गत साउन ३१ गते रुदल यादव र विक्रम यादवलाई प्रहरीले उनीहरुको घरबाट राती ११ बजे सुतेको अवस्थामा पक्राउ गरेको थियो । विष्णु तिवारीलाई भदौ १ गते राती उनकै घरबाट राती पक्राउ गरी राज्य द्रोहको मुद्धा लगाई २५ दिन रुपन्देहीमा थुनामा राखेको थियो । २५ औं दिन जिल्ला अदालत रुपन्देहीबाट तारिखमा छुटेका उनीहरु ३ जनालाई प्रहरीले पुन पक्राउ गरी एक आपसमा झगडा गरी कुटपीट गरेको झुटो आरोप लगाई अदालत परिसरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदी पुल नजिक एक आपसमा कुटपीट गरेको आरोपमा पक्राउ गरी उनीहरु उपर सार्वजनिक मुद्दा चलाएको छ । तर आफुहरु कुनै झैझगडा तथा त्यस्तो कुनै गैरकानुनी क्रियाकलापमा संलग्न नरहेको उनीहरुले बताए । पक्राउ परेका ६४ वर्षीय विष्णु तिवारी विरामी रहेका छन् । उनलाई यसरी नै थुनामा राखि रहंदा उनको स्वास्थ्य अवस्था थप विग्रन सक्ने भन्दै परिवारजन चिन्तित बनेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP