Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कपिलवस्तुको शिवराजमा लागु औषध सहित २ जना पक्राउ


असोज ९, चन्द्रौटा
कपिलवस्तुको शिवराजमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । आज बिहान करिब १ बजे लागु औषध सहित २ जना लाई पक्राउ गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । प्रहरी टोलिले गस्ती गर्ने क्रममा शिबराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा चोकमा पुर्व पश्चिम राजमार्ग सडक देखि दक्षीण तर्फ रहेको बिष्ट मेडिकल हल अगाडि बाट २ जनालाई पक्राउ गरेको हो ।

उनिहरुलाई शंकालागी चेकजाच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा न.१८ ढोडेनी बस्ने वर्ष २० का रजिनेश बुढा र सोही ठाउ बस्ने २० वर्षकन नरेश बि.क.रहेका छन् ।

जिनेश बुढाको साथ बाट प्रहरीले लागु औषध डाइजपाम लेखिएको २ एमएल सिसि १९ पिस, नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनेरागन लेखिएको २ एमएलको को सिसि २० पिस लागु औषध बरामद गरेको छ । यस्तै उनिसंगै पक्राउ परेका नरेश बि.क. को साथबाट लागु औषध डाइजपाम लेखिएको २ एमएल को सिसि १८ पिस ,नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनरागन लेखिएको २ एमएल को सिसि १९ पिस फेला पारी बरामद गरीएको छ ।

पक्राउ परेका २ जनालाई हिरासतमा राखी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । शिवराजमा पछिल्लो समय लागु औषध ओसारपोसारका घटना बढिरहेको छ । यससंगै लागु औषध कारोबारीहरु पक्राउ परिरहेका छन् । प्रहरीले यस अघि पनि शिवराजबाट २ जनालाई लागु औषध सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP