Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुको शिवराजमा लागु औषध सहित २ जना पक्राउ


असोज ९, चन्द्रौटा
कपिलवस्तुको शिवराजमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । आज बिहान करिब १ बजे लागु औषध सहित २ जना लाई पक्राउ गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । प्रहरी टोलिले गस्ती गर्ने क्रममा शिबराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा चोकमा पुर्व पश्चिम राजमार्ग सडक देखि दक्षीण तर्फ रहेको बिष्ट मेडिकल हल अगाडि बाट २ जनालाई पक्राउ गरेको हो ।

उनिहरुलाई शंकालागी चेकजाच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा न.१८ ढोडेनी बस्ने वर्ष २० का रजिनेश बुढा र सोही ठाउ बस्ने २० वर्षकन नरेश बि.क.रहेका छन् ।

जिनेश बुढाको साथ बाट प्रहरीले लागु औषध डाइजपाम लेखिएको २ एमएल सिसि १९ पिस, नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनेरागन लेखिएको २ एमएलको को सिसि २० पिस लागु औषध बरामद गरेको छ । यस्तै उनिसंगै पक्राउ परेका नरेश बि.क. को साथबाट लागु औषध डाइजपाम लेखिएको २ एमएल को सिसि १८ पिस ,नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनरागन लेखिएको २ एमएल को सिसि १९ पिस फेला पारी बरामद गरीएको छ ।

पक्राउ परेका २ जनालाई हिरासतमा राखी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । शिवराजमा पछिल्लो समय लागु औषध ओसारपोसारका घटना बढिरहेको छ । यससंगै लागु औषध कारोबारीहरु पक्राउ परिरहेका छन् । प्रहरीले यस अघि पनि शिवराजबाट २ जनालाई लागु औषध सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP