Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको अहिलेसम्मकै ठूलो परीक्षण सुरु

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु भएको छ । 

३० हजार जनामा गर्न लागिएको यो परीक्षण अहिलेसम्मकै ठूलो हुने बीबीसीले जनाएको छ । विश्वभर कोरोना विरुद्धको खोप बनाउने प्रयास भइरहेका बेला यो खोपको अन्तिम चरणको परीक्षण गर्न लागिएको हो ।

अन्तिम चरणको परीक्षणपछि यसले काम गर्ने वा नगर्ने बारेमा अनुसन्धानकर्ताले अध्ययन गर्ने छन् । अहिलेसम्म विश्वभर १ करोड ६६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक करोड दुई लाखभन्दा धेरै निको भइसकेका छन् । 

६ लाख ५५ हजारको भने ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ५० हजारको ज्यान गएको छ । २१ लाख ३३ हजारभन्दा धेरै निको भएका छन् । यस्तै ब्राजिलमा २४ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा साढे ८७ हजारको ज्यान गएको छ । 

यसैगरी भारतमा १४ लाख ८२ हजार जनामा कोरोना पुष्टि हुँदा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघेको छ । 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP