Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

वीरगञ्जमा कोरोनाबाट एकैदिन दुईजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठमाडौं ।  वीरगञ्जमा एकै दिन कोरोना भाइरस संक्रमणका कारण दुई जनाको ज्यान गुमेको छ। वीरगञ्ज- ६ माईस्थान बस्ने ७० वर्षका एक बृद्ध र वीरगञ्ज- ७ का एक ६८ वर्षीय बृद्ध गरी दुईको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमेको हो।

बुधबार साँझ उपचारकाे क्रममा मृत्यु भएका वीरगञ्जका एक वृद्धमा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे हो। वीरगञ्ज–६ माईस्थान टोल बस्ने ७० वर्षका वृद्धमा कोरोना पुष्टि भएको हो।

ती वृद्धको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

एक हप्ताअघि झाडा पखाला लागेर बिरामी भएका ती वृद्धलाई उपचारको लागि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएकोमा त्यसपछि वीरगञ्जका विभिन्न अस्पताल हुँदै नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको स्वाबसमेत संकलन गरिएको थियो।

आईसियुमै राखेर उपचार गर्नुपर्ने अवस्था देखिएपछि उनलाई नारायणीबाट नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान साढे २ बजे मृत्यु भएको हो।

मृतकको स्वाब परीक्षणको रिपोर्ट बुधबार साँझ मात्रै आएको र उनमा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए। यस्तै बुधबार नै वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक ६८ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ।

अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका-७ निवासी ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

अस्पतालमा उपचार गराइरहेका ती संक्रमितको बुधबार बिहान पौनै ११ बजे मृत्यु भएको उपाध्यायले बताए। मुटुमा समेत समस्या रहेका ती संक्रमितको ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचार हुँदै आएको उनले बताए।

बुधबार एकैदिन वीरगञ्जमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएकाे हाे। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP