
काठमाण्डाै – सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ ।
आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया