
काठमाडौं । वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका आठजना कैदिबन्दी, तीनजना सुरक्षाकर्मी र दुईजना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कारागारका २२ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि हाल बाहिरी कारागार परिसरमै कैदी र कर्मचारीका लागि बेग्लाबेग्लै दुईवटा आइसोलेशन कक्ष तयार पारेर कारागारकै स्वास्थयकर्मीबाट उपचार तथा निगरानी सुरु गरिएको जेलर श्रवण पोखरेलले जानकारी दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया