Trending
राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु

तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी

काठमाण्डौ – रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । 

अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो । 

उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ ।

यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ । 

कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।

अहिले विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक करोड १३ लाख निको भएका छन् । ६ लाख ८७ हजारको भने ज्यान गएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP