Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

“स्वास्थ्यलाई पहिलो प्राथमिकता” : उपप्रमुख थारु

चन्द्रौटा(कपिलवस्तु), १६ असोज ।

स्वास्थ्य नै विकासको पूर्वाधार भएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताएकी छन् । महिला, बालबालिका तथा किशोर किशोरीका स्वास्थ्यप्रति नगरपालिकाले पनि विशेष चासोको रुपमा लिएको उनले उद्घोष गरिन् ।

यौन तथा प्रजनन् स्वास्थ्य र युवा सशक्तिकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख थारुले यस्तो बताएकी हुन् । उनले मातृ तथा शिशुलाई स्वास्थ्यलाई मध्यनजर गर्दै लक्षित समूह पहिचानका लागि सुनौलो हजार दिनका आमाहरुसँग उपमेयर कार्यक्रम ल्याएको जानकारी दिइन् । नगरका हरेक विद्यालयमा किशोरीका लागि सेनेटरी प्याड वितरण कार्यक्रम ल्याएको बताइन् । असी वर्षमाथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, घुम्ती शिविर, खोप तथा गाउँघर क्लिनिक, खोप वितरण केन्द्र संचालन र व्यवस्थापनका लागि कोल्ड स्टोर लगायतका कार्यक्रम ल्याएको उपप्रमुख थारुले जनाइन् । उमेर नपुग्दै हुने गर्भवती दरमा कमी ल्याउन र हरेक वडामा वर्थिङ सेन्टर संचालनका लागि समेत नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उपप्रमुख थारुले बताइन् । स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र चुनौतीलाई घटाउन सहयोगी निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले किशोर किशोरीलाई परामर्श सेवाको खाँचो रहेकोमा जोड दिए । पछिल्लो समय १५ वर्षमुनिका बालबालिकाहरुमा समेत आत्महत्या जस्ता घटना बढेकाले विद्यालय तहमा परामर्श सेवाको आवश्यकता खड्किएको उपसचिव पन्थीले जिकिर गरे । कार्यक्रममा यूएनएफपीएका कपिलवस्तु प्रमुख चित्र महतोले नेतृत्व तहमा बस्नेलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूहरुले सरकारको सहयोगीको भूमिका निभाउँदै आएको उद्घोष गरे । स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो धनराशि खर्चिएपनि समस्या र चुनौतीमा कमी नआएको औल्याउँदै सबैले आ आफ्नो दायित्व बहन गरेमा स्वास्थ्य क्षेत्रमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।

यता शिवराज नगपालिका स्वास्थ्य शाखाका प्रमोद ज्ञवालीले स्वास्थ्य संस्था र विद्यालय स्तरीय कार्यक्रम संचालन गर्न सकेमा स्वास्थ्यमा परिवर्तन आउने विश्वास व्यक्त गरे । कार्यक्रमकी सहभागी किशोरी शिला थारुले किशोर किशोरीहरुका लागि स्वास्थ्य सेवाबारे विभिन्न किसिमका कार्यक्रम संचालन गर्नुपर्ने माग राखिन् ।

शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा अभिमुखीकरण आयोजना गरिएको थियो । अभिमुखीकरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रका पोम नारायण पौडेलले स्वास्थ्य र शिक्षा नै देश विकासको पूर्वाधार भएकाले यसमा सबैले लगानी गर्नुपर्ने धारणा राखेका थिए । बसन्त गैरेले सहजीकरण गरेका कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग यूएनएफपीएले गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP