Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शिवराजका ३९६ जनाको परिक्षण गर्दा ४ जनाको पोजेटिभ

माधव बेल्बासे
चन्द्रौटा,२१ साउन

कपिलवस्तुको शिवराज नगरपालिमा एकै पटक धेरै जनाको कोरोना परिक्षणको नतिजा आएकोे छ । चन्द्रौटा लगायत बजार क्षेत्रका ३२ जना व्यापारी र कन्ट्याक्स टे«सिङमा परेका ३ सय ६४ जनाको को नतिजा बुधवार आएको हो ।

नगरपालिकामा समुदाय स्तरमा नै कोभिड १९ कोरोना संक्रमण देखिए पछि नगरपालिकाले नगरको मुख्य बजार चन्द्रौटाका ३२ जना व्यापारीहरुको स्वाब संकलन गरी परिक्षणका लागी पठाएको थियो । जसमा एक जनाको मात्र पोजेटिभ आएको छ । चन्द्रौटा चोकमा रहेको गुलसन मेडिकलमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

मेडिकलका कर्मचारी संक्रमित भएकाले धेरै जना सँग सम्पर्क भएको हुन सक्ने अनुमान रहेको छ । त्यस्तै समुदाय स्तरका नागरिकमा गरिएको ३६४ जना मध्य ३ जनामा मात्र पोजेटिभ देखिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनुभयो ।

नेपाल आर्दश मावि शिवपुरमा कार्यरत २ जना शिक्षक र यस भन्दा अघि संक्रमित भएका एक जनाको परिवारका एक सदस्यमा देखिएको भटट्राईले बताउनुभयो । उहाँले ५ दिन पछि कट्याक ट्रेसिङको आधारमा परिक्षण गरिने बताउनुभयो ।
शिवराजमा भयाभव अवस्था हुन सक्ने आंकलन गरिएको भएपनि नजिता भने सन्तोषजनक आएको बताइएको छ । नगरप्रमुख नेत्रराज अधिकारीले सबै सचेत भएमा कोरोना नियन्त्रण हुने दावि गर्नुभयो । अहिले विद्यालय तथा भेला हुने अवस्था नरहेको बताउदै हात धुने र मास्कको प्रयोग गर्न नगरवासिमा अपिल गुर्नभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP