Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

कोरोनाको जोखिम बढ्दै गएको भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी सकेसम्म घरबाटै काम गर्ने र सम्भव नभए कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले स्वास्थ्य सुरक्षा र मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ । राष्ट्र बैंकले यसअघि पनि सकेसम्म घरबाटै काम गर्नेगरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो । 

तर अवस्था सामान्य बन्दै गएको भन्दै बैंक तथा वित्तीय संस्थाले सबै कर्मचारीलाई बोलाएर काममा लगाएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन पनि आग्रह गरेको छ । 

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP