Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

सिन्धुपाल्चोक दुर्घटना : कम क्षमता भएको गाडीमा बढी यात्रु, ११ जनाको मृत्यु

काठमाडौँ

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ जादै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार यतिबेला धुलिखेल अस्पतालमा ४५ जना यात्रुको उपचार भइरहेको छ भने शिर मेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालबाट २ जना बिरामीलाई न्युरो अस्पतालमा रिफर गरिएको छ । त्यसैगरी काठमाडौँको ट्रमा सेन्टरमा १३ जनाको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार ५ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिसकेको छैन । घाइतेहरुको उपचार जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षकले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP