
कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा केहि समय पहिले संक्रमितको सख्या निकै बढेको थियो । समुदायस्तरमा रहेका नागरिकमा कोरोना देखिएपछि थप त्रास बढेको थियो तर आइतवार संकलन गरिएको १ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएपछि त्रास कम भएको हो ।
नगरको सुपादेउराली आइसुलेसनमा रहेका ३७ जना मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको साथै अन्य ३ जनाको परिक्षण नभएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए । प्रमुख भट्टराईका अनुसार अब भने शिवराज नगरपालिकामा संक्रमितको सख्या ३ रहेको जनाइएको छ ।
आइसोलेसनमा रहेका ३४ जना क्वारेन्टाइनमा रहेका १७ जना र अन्य समुदायका कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको परिक्षण गरिएको थियो । अब संक्रमित ३ जनाको पनि केहि दिनमै कोरोना परिक्षणको लागि स्वाब पठाईने नगरपालिकाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया