Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

समृद्धि र विकासको पथमा विजयनगर : मन्त्री चौधरी

दिपक के.सी.
कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिका समृद्धि र विकासको पथमा रहेको प्रदेश नं.५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन । जिल्लाको दुर्गम भनेर चिनिने गाउँपालिका स्थानिय तहको निर्वाचन पश्चात विकासको पथमा लम्किएको उनले बताए ।
“दुर्गम भनेर चिनिएको गाउँपालिका सुगम भइसक्यो” मन्त्री चौधरीले भने । निर्वाचित सरकार बनेको २ बर्ष भित्रमा नै गाउँपालिकाले प्रत्यक्ष देखिने गरी विकास गरेको उनले बताए । गाउँपाकिलले आयोजना गरेको विजया दशमी शुभ दिपावी र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना व्यक्त गदै मन्त्री चौधरीले यस्तो बताएका हुन ।

विहिबार गाउँपालिकाको वडा नं. २ गुगौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गाउँपालिकाको शिक्षा,स्वास्थ्य, सिचाईका लागी यस बर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । यस क्षेत्रको सिचाई समाधानका लागी राप्ती डाइभर्सनको काम भइरहेको जनाउदै उनले राजकुलो सिचाई योजना यसै बर्ष सम्पन्न गर्ने गरी काम हुने जिकिर गरे । खानेपानिको समस्यलाई समधान गर्न गाउँपालिकामा ३ वटा ओभरहेड ट्यांकी निर्माणको काम लगतै सुरु हुने उनले बताए ।

गाउपालिकामा रहेको पुरानो विद्यालय दुधाधारी माविकालाई भवन निर्माणका लागी आवश्यक पहल प्रदेशमा गर्नको सोहि क्षेत्रका साँसद विरेन्द्र कुमार कनोडियालाई पहल गर्न समेत मन्त्री चौधरीले जोड दिए । यसै क्षेत्रका सासदले पहल गरे प्रदेश सरकारले भवनका लागी वजेट उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकामा रहेको प्रहरी चौकीको भवन पनि यसै आर्थिक बर्षमा निर्माण गर्ने आश्वासन समेत व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकासमा प्रदेशबाट सहयोग निरन्तर उपलब्ध भइरहेको संविधान सभा सदस्य डोरमणी उपाध्यायले बताए । नेकपाको सरकारले चौतर्फि विकासमा ध्यान दिएको उल्लेख गर्दै गाउँपालिकाको विकासका लागी पनि प्रदेशबाटै पहल भएको नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले गाउँपालिको समग्र विकासमा गाउँपालिकाका अध्यक्ष गोपाल थापाको सहनिय भूमिका रहेको भन्दै अध्यक्ष थापाको प्रशंसा गरे । प्रतिपक्ष भए पनि विकासको सिलसिलामा कहिल्यै अवरोध नगरेको जनाउदै समग्र गाउँपालिकाको विकासका लागी आफु सधै अग्रभागमा उभिने कनोडियाले बताए । गाउँपालिकाको मेरुदण्डको रुपमा रहेको आर.टि.ओ. रोड निर्माणका लागी प्रदेश सरकारको तर्फ बाट सबै भन्दा बढि बजेट विनियोजन भएको प्रदेश सभासदस्य अर्जुन कुमार के.सी.ले बताए ।

आर.टि.ओ.निर्माण पश्चात अझ सुगमता र विकासको अनुभूति हुने उनले बताए ।
गाउँपालिकामा अझै पनि स्तरिय अस्पताल उच्च शिक्षाका लागी क्याम्पस नभएकोले यसका लागी प्रदेश सरकारले विचार गरिदिनु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले भने । अझै पनि गाउँपालिकामा धेरै विकास निर्माणका काम बाकी रहेको र गाउँपालिकाको बजेटले ती विकास निर्माणका कामहरु गर्न नसकिने हुदाँ प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको समेत थापाले उल्लेख गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP