Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भन्सारका धेरैजसो काम अनलाइनबाटै, केही सेवा स्थगित

काठमाण्डौ – कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै भन्सार विभागले धेरैजसो काम अनलाइनबाटै सञ्चालन गर्ने जनाएको छ ।

सरकारले ५० प्रतिशत कर्मचारी मात्रै कार्यस्थलमा उपस्थित हुने र बाँकीले घरबाटै काम गर्न भनेकाले इमेल या भर्चुअल माध्यमबाट काम गर्ने व्यवस्था मिलाइएको महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।

विद्युतीय माध्यमबाट सम्भावना नहुने र बढी जनसम्पर्क हुने काम भने तत्कालको लागि स्थगित भएको महानिर्देशक दाहालको भनाइ छ । 

नीति महसुल तथा छुट वर्गीकरण शाखाको काम इमेलबाटै हुनेछ, कुनै द्धिविधा भएमा विभागले सम्बन्धित अधिकारीलाई फोन गरेर बुझ्न सकिनेछ ।​

सेवाग्राही सहजीकरण शाखाका काम पनि इमेलबाटै हुनेछन् । यसको लागि पनि विभागले प्रक्रिया र सम्बन्धित व्यक्तिको फोन नम्बरसमेत सार्वजनिक  गरेको छ । 

तर कोड खारेजी गर्ने, बैंकमा राखिएको ग्यारेन्टी परिवर्तन या रकम फुकुवा गर्ने कार्य र खरिद, निर्माण सेवा, परामर्श र मौजुदा सूचीदर्ताको कार्य भने अहिलेको लागि स्थगित गरिएको भन्सार विभागले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP