Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

सर्वसाधारणलाई लक्षित गरी चन्द्रौटामा स्वास्थ्य शिविर, १९८ को स्वास्थ्य जाँच

कपिलवस्तु १६ कात्तिक ।
सर्वसाधारणलाई लक्षित गरी कपिलवस्तुको चन्द्रौटामा स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १सय ९८ जनाले स्वास्थ्य जाँच गराएका छन् । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको चन्द्रौटा हस्पिटल प्रा.लि.द्वारा आयोजित स्वास्थ्य शिविरमा मंगलम पोलिक्लिनिक, मर्सिटी अस्पताल, लुम्बिनी टेक्निकल कलेज तथा लुम्बिनी प्रादेशिक अस्पताल र क्रिमसन अस्पतालका बरिष्ठ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य जांच गरिएको अस्पताल इन्चार्ज डा. रियाज खानले जानकारी दिए ।


शिविरमा जनरल सर्जन डा. नविन श्रेष्ठ, महिला रोग विशेषज्ञ डा. बबिता श्रेष्ठ, बालरोग विशेषज्ञ डा. सञ्जय कुमार चौधरी र रेडियोलोजिष्ट डा. तृष्णा श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । विहान १० बजेदेखि संचालन गरिएको शिविर साँझ ६ बजेसम्म चलेको अस्पतालका डा. रोशन बिश्वकर्माले जानकारी दिए । शिविरमा विभिन्न प्रकृतिका रोगका विरामीहरुको चाप थियो ।
शिविरको अवसरमा अस्पतालले भिडियो एक्सरेमा पचास प्रतिशत छुटको दिएको थियो । भने डिजिटल एक्सरे र ल्याबमा दश प्रतिशत छुटको ब्यवस्था गरेको डा. रियाज खानले बताए । जिल्लाको पश्चिमी भेगका सर्वसाधारणलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP