Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

विजयनगरमा निःशुल्क आँखा शिविर

कार्तिक २१ कपिलवस्तु
विजयनगर गाउँपालिकामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विजयनगरको वडा नं. ३ मा कृषकहरुको आयोजना र बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी पत्थरदेइयामा भएको हो ।
उक्त शिविरमा परामर्श, निशुल्क औषधी वितरण, मोती विन्दुको निःशुल्क अपरेशन र मोती विन्दु सम्बन्धी विभिन्न सुगर जाँच, रगत जाँच लगायतका जाँचहरु गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आँखा अप्रेशनका लागि १४ सय बराबरको सहयोग गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा विभिन्न सेवाहरुको बारेमा बुटवल लायन्स आँखा अस्पतालका शिविर प्रमुख डा. प्रकाश पौडेलले जानकारी दिनु भएको थियो । सो शिविरमा ३७० जना सेवाग्राहीहरुले सेवा लिएका थिए । जस मध्ये ७३ जनालाई मोतिविन्दु भएकालाई बुटवल लायन्स आँखा अस्पतालमा आँखा अपरेशन गर्ने पौडेलले बताउनु भयो ।
कार्यक्रममा एकता कृषक समुहका अध्यक्ष मोहम्मद आलम मुर्तजा बढईको अध्यक्षता, गाउँपलिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख अतिथ्यता, बुटवल लायन्स आँखा अस्पतालका डा. प्रकाश पौडेल, रेडियो विजयनगरका प्रमुख राम प्रघट कोरीको विशिष्ट अतिथ्यता, वडा नं. ३ का कार्यवाहक अध्यक्ष शमसाद आलम मियाँ, स्वास्थ्य चौकी प्रमुख कमला क्षेत्रीको अतिथ्यता र कृषक समुहका सदस्य लिलाधर लुईटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP