Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

किशोर किशोरीको पहलमा सामुदायिक भवन ।।

दिपक के.सी., कपिलवस्तु मंसिर ३

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा किशोरी किशोरीहरुले आफ्नो छलफल ,बैठक र विभिन्न क्रियाकलाप गर्नका लागी सामुदायिक भवन निर्माण गरेका छन । प्रगती स्वावलम्बन समुह र उज्यालो स्वावलम्बन समूहको पहलमा सामुदायिक भवन निर्माण भएको हो ।
किशोर किशोरीको संवाद केन्द्रले आफुहरुलाई विभिन्न छलफल र बैठक सम्पन्न गर्नका लागी खुल्ला आकाशामा अप्ठ्यारो परेको हुनाले भवनको आवश्यकता परेको संवाद केन्द्रका किशोर अर्जुन आलेले बताए । भवन निर्माणका लागी किर्डाक नेपाल संस्थाले २ लाख ५० हजार सहयोग गरेको उनले जनाए । स्थानिय वासीको ४६ हजार ६ सय ५२ रुपैया बराबरको श्रमदानमा निर्माण भएको सामुदायिक भवनमा स्थानिय आमा समुहका लागी पनि भवन उपयोगी हुने संवाद केन्द्र की किशोरी राधा परियारले बताइन ।
किशोर किशोरीहरुको आवश्यकतालाई किर्डाल नेपालले सहयोग गरेकोमा वनकसवासा टोल विकास समितिका अध्यक्ष सुनिल घिमिरेले धन्यवाद ज्ञापन गरे । अब समुदायले विभिन्न कार्यक्रममा भवन प्रयोग गर्ने र यसको संरक्षण र संभार समुदायले नै गर्नु पर्ने उनले जिकिर गरे । स्थानिय समुदायका महिलाहरुले सामुदायिक भवन बने पछि अब बाटो र चौरमा बैठक बस्नु पर्ने बाध्यता अब अन्त्य भएको स्थानिय उर्मिला सुनारले बताइन । मंगलवार भवन निर्माणको आर्थिक खर्च सार्वजनिक कार्यक्रममा स्थानियले किशोर किशोरीहरुका लागी आवश्यक भवन निर्माणका लागी आर्थिक सहयोग गरेकोमा सहयोगी संस्था किर्डाक नेपाललाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP