Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एम्बुलेन्स र ट्रक जुध्यो, शिशु सहित दुईको मृत्यु ट्रकमा आगजनी

बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिंदा एक बालिका गम्भीर घाइते भएकी छन् । बालिका घाइते भएपछि आक्रोशित भिडले ट्रकमा आगजनी गरिदिएका छन् ।

आक्रोशित प्रदर्शनकारी र प्रहरी बीच झडप भएको छ । केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएको छन् ।

प्रदर्शनकारीले सडकमा अन्य गाडीहरुपनि तोडफोड गरिदिएका छन् । अहिले कोहलपुरको सडकमा आवागमन ठप्प पारिएको छ । प्रहरीले सडक अवरोध खुलाउने प्रयास गरिरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन मावि कक्षा सातमा अध्यननरत छात्रालाई ट्रकले किचेको हो । ठूलो संख्यामा विद्यार्थीहरु सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन्

एम्बुलेन्स र ट्रक जुध्यो, शिशु सहित दुईको मृत्यु

शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको दुर्घटनामा शिशु सहित दुईको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको राप्तीसोनारी वडा नं. २ को जिरो प्वाईन्ट नजिकै एम्बुलेन्स र ट्रक ठोक्किदा दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जदेखि दाङ तर्फ बिरामी लिई गइरहेको रा १ झ १६१ नं. को एम्बुलेन्स र बिपरित दिशाबाट आइरहेको ना ८ ख ५४३२ नं. को ट्रक एक आपसमा ठोक्किदा घाइते भएका सल्यानका एम्बुलेन्स चालक चित्र बहादुर सुनार र दाङ्गका तिलकराम खड्काको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा तिलकराम खड्का, उनकी श्रीमती मालती खड्का गम्भीर घाइते भएका छन् । घाइते तिलकराम खड्काको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएकोमा थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालयबाट हस्त बहादुर सुनारको कमाण्डमा खटिएको ७ जनाको टोलीले घाइतेहरुको उद्दार गरेको थियो ।

प्रहरीले एम्बुलेन्स, ट्रक र ट्रक चालक जिल्ला धादिङ नौबिसे नगरपालिका वडा नं. २ को राज कुमार मिजारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनकारी दिएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP