Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

श्रीलंकाविरुद्धको २ टेस्ट म्याचका लागि पाकिस्तानकाे टाेली घोषणा

काठमाण्डाै – श्रीलंकाविरुद्धको २ टेस्ट म्याचका लागि पाकिस्तानले टिम घोषणा गरेको छ ।

पाकिस्तानी टेस्ट टिममा १० वर्षपछि फवाद आलमले पुनरागमन गरेका छन् । २००९ मा न्यूजिल्याण्डविरुद्ध टेस्ट खेलेका फवाद त्यसपछि टिममा अटाएका थिएनन् ।

उनी अहिले प्रथम श्रेणी क्रिकेटमा संलग्न रहँदै आएका थिए । प्रथम श्रेणी क्रिकेटमा १२ हजार रन बनाएका फवादलाई त्यसै प्रर्दशनका आधारमा टिममा बोलाइएको पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।

यस्तै उस्मान शिनवारी पनि टिममा रहेका छन् । उनले पाकिस्तानका लागि १७ एक दिवसीय र १६ टी-२० खेलेका छन् । यस्तै पाकिस्तान टिमका अलराउण्डर इफ्तिखर अहमद र मूसा खान भने टिममा पर्न असफल रहे । उनीहरु यसअघि अस्ट्रेलियाविरुद्धको सिरिजमा भने थिए ।

अस्ट्रेलिया सिरिजमा डेब्यु गरेका नसीम साह भने यू-१९ विश्वकपको टिममा परे पनि उनलाई टेस्ट क्रिकेटमा पनि राखिएको छ । पहिलो टेस्ट रावलपिण्डीमा ११ डिसेम्सबरदेखि सुरु हुँदैछ । दोस्रो टेस्ट १९ डिसेम्बरमा कराँचीमा हुने छ । पाकिस्तानमा एक दशकपछि पहिलो पटक टेस्ट क्रिकेट आयोजना हुँदैछ ।

यस्ताे छ पाकिस्तानको टिम

अजहर अली (कप्तान), आबिद अली, अशद शफीक, बाबर आजम, फवाद आलम, ह्यारिस सोहेल, इमाम उल हक, इमरान खान, कासिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान, शाहीन शाह अफ्रिदी, शान मसूद, यासिर शाह, उस्मान शिनवारी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP