Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

सामान्य बन्दै कोहलपुर, कर्फ्यु अझै जारी

बाँके – विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको बाँकेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएको छ ।

सुरक्षाका कारण साेमबार १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिए पनि बिहानैदेखि कोहलपुर बजार क्षेत्रमा गाडी र मानिसको आवतजावत भइरहेको छ ।

आइतबार राती बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले संयमित हुन स्थानीयसँग अनुरोध गर्दै घाइतेको उपचार, तोडफोड र आगजनीको क्षतिपूर्तीका लागि गृह मन्त्रालयसग सिफारिस गर्ने निर्णय गरेको छ ।

त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएको विरोधमा विद्यार्थीले प्रहरीमाथि ढुँगामुढा र लाठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।

दिउँसो २ बजेदेखि कोहलपुरमा प्रहरीले माइक लगाएर कर्फ्यु जारी गरिएको बताउँदै स्थानीयलाई हिँडडुल गर्न र पसल खोल्न दिएको थिएन । गाडी पनि चलेका थिएनन् । कर्फ्यु अझै पनि जारी रहेकाे छ । 

घाइते चन्दको काठमाडौमा उपचार भइरहेको छ । झडपमा घाइते भएकामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP