Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

अग्नि पिडितलाई प्रदेश सरकारको सहयोग

माधव बेल्वासे
कपिलवस्तु ,२३ मंसिर
प्रदेश न ५ सरकारले कपिलवस्तुका अग्नीपिडितलाई सहयोग गरेको छ । सरकारकै योजना अनुसार आगलागी वाट पिडित बनेका नागरिकलाई जस्ता पाता स्वरुप प्रति घर चालिस हजार प्रदान गरेको छ । जिल्ला प्रशासन मार्फत वितरण गरिएको उक्त रकम सोमवार जिल्लाको शिवराज नगरपालिका को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि ८ घरपरिवारलाई २ लाख ८५ हजार रकम वितरण गरिएको हो ।
गत जेठ शिवराज नगरपालिका ९ शिवगढीको दश नम्वर भन्ने ठाउँमा आगलागी हुदा ८ घर जलेर नष्ट भएका थिए । उक्त घरपरिवाले जस्ता पाताले घर पुननिमार्ण गरेको विवरण पेश गरेपछी प्रदेश सरकारले उक्त रकम वितरण गरेको हो । स्थानिय मेखलाल घर्ति मगरले ४० हजार,संजिव सुनार ४० हजार,बावुराम सुनार ४० हजार,रामलाल वोहोरा ४० हजार,तुल घर्ति २५ हजार,जित वहादुर सुनार ३५ हजार,मिघ सिह घर्ति ३५ हजार र ईन्दा घर्तिलाई ३० हजारको चेक हस्तानतरण गरिएको छ ।
उक्त चेक हस्तानरण गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विपदको समयमा घरवार विहिन भएका नागरिकलाई थोरै भएपनि मलम लगाउने हेतु प्रदेशको योजना अनुसार उक्त रकम प्रदान गरेको वताउनुभयो । अन्य क्षेत्रका अग्नीपिडितहरुलाई पनि सहयोग प्रदान गर्ने उहाले जनाउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP