अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई कोसेली : अण्डा र झण्डा

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो । 

गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष ईश्वरी प्रसाद भूसालले बताउनु भयो । 

पाेषण सामग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भूसालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताउनु भयो । वडामा रहेका सबै गर्भवती महिलालाई पोषण सामाग्री वडाले वितरण गर्ने पनि उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP