Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

चार रातमा काठमाण्डाैका सडकबाट दुई सय पन्ध्र बेसहाराको उद्धार

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई उद्धार गरेको छ । महानगरपालिकाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो । 

अभियान सुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो । 

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताउनुभयो । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार कार्य शुरु गरिएको जानकारी गराउँदै व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्बिर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP