Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता आज देखि सुरु

देउखुरी

आज देखी दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरू भएको हो ।

यो प्रतियोगीतामा एउटा एपिएफको विभागिए टिम सहित ७ प्रदेश गरी ८ ओटा टिमले भाग लिने छन् । क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।‘प्रतियोगीताको सबै तयारी पुरा भएको छ । आज विहान ९ बजेबाट खेल सुरु हुने छ’थापाले भन्नुभयो,–‘पुस १९ गते सम्म प्रतियोगीता चल्ने छ ।’ लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले खेलको उद्घाटन गर्ने जनाईएको छ ।

कोरोना भाइरस संक्रमका कारण ७–८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगीता पुनः सुरु हुदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको छ ।

खेलतालिका यस्तो छ रु

आठ ओटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं। २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ ।

‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं। १ छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ ।

लुम्बिनी प्रदेश र प्रदेश नं। २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल एपिएफ र प्रदेश नं। २ का विचमा हुने छ । १३ गते प्रदेश नं। २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ ।

१४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं। १ का विचमा खेल हुनेछ । १५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं। १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं। १ को विचमा खेल हुने छ ।

पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए ग्रुप विजेता र वि ग्रुपको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता ग्रुप वि र रनर अफ ग्रुप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP