Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

बहादुरगंज आखा अस्पतालमा स्टाफ क्वाटरकाे भवन शिल्यान्यास

माधव बेल्बासे

कपिलवस्तु,६माघ

छन्द(कालेबाबु) आखा अस्पताल बहादुरगजमा कर्मचारी आवास भवन शिल्यान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको संसदिय विकास कोष वाट बिनियोजित रु ५० लाखको लागतमा भवन निर्माण हुन लागेको अस्पतालले जनाएकाे छ ।

स्टाफ क्वाटरकाे मंगलवार संविधान सभा सदस्य तथा सल्लाहाकार बुद्धिराम भण्डारीले शिल्यान्यास गर्नुभएको छ । शिल्यान्यास कार्यक्रममा बोल्दै भण्डारीले कर्मचारी भवन नहुदा समस्या हुदै आएकोले यस क्षेत्रका सांसदले रकम बिनियोजित गरेर अस्पतालको सेवामा थप गुणस्तरीयता बनाउन सहयोग गरेकाेमा धन्यवाद दिनुभयो ।

आखाँ शरिरको महत्वपुर्ण अंग रहेकोले उपचारमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो । अस्पतालको सेवा प्रवाहमा ढिलासुस्ती गर्न नहुने भन्दै कर्मचारीहरु कटिबद्ध भएर काम गर्न सुझाव दिनुभयो ।

नेत्र ज्योती संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरिले सांसद विकास कोषवाट बजेट बिनियोजन गरेकोमा सांसद शाहलाई धन्यवाद दिनुभयो । उपचार पद्धतीलाई व्यावस्थित बनाउनुपर्ने बताउँदै सेवा प्रवाहको बारेमा गाउँ गाउँ सम्म सन्देश पुर्याउन सुझाव दिनुभयो । ८ कोठे कर्मचारी आवास भवन तीन महिना भित्र सम्पन्न हुने निर्माण समितिका संयोजक लिला शाहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP