Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

प्रचण्ड–माधव समूहले हाेटलमा सांसद बन्धक बनाएकाे ओली समूहकाे आराेप

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ५ को पिप्लेमा रहेको हेटौँडा रिसोर्टमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रदेश सभाका सदस्यहरुलाई बन्धक बनाएर राखेको नेकपाको ओली समूहले आरोप लगाएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदलाई बिहीवार (हिजो) देखि हेटौँडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दीपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेट्नसमेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समूहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले बताउनुभयो । सांसदलाई बन्धक बनाउँदा उनीहरुको मानव अधिकार हनन् भएको ओली समूहका सांसदहरुले बताएका छन् ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार ताथ विकास मन्त्री रामेश्वर फुयाँलले भने हेटौँडा रिसोर्टमा सांसदहरुलाई के–कस्तो अवस्थामा राखिएको छ सञ्चार जगतले सत्य कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

यता प्रचण्ड समूहका संसदीय दलका उपनेतासमेत रहनुभएका प्रदेश सभाका सदस्य शालिकराम जम्कट्टेलले भने अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एकै ठाउँमा बस्ने संसदीय परम्परा कायम मात्र राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीहरुले संसदीय परम्पराअनुसार मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एउटै होटलमा बसेका हौँ । बन्धक बनाएका होइनौँ ।’ पहिले पनि आफुहरु सामूहिक रुपमा बस्ने गरेको र अहिले अविश्वास दर्ता गर्ने सबैजसो सांसदहरु एउटै होटलमा बसेको जम्कट्टेलले बताउनुभयो । ओली समूहका नेताहरुले पनि हेटौँडाको एभोेकाडो होटलमा सांसदलाई राखेको आफूहरुको जानकारीमा आएको र यहाँसँगै बस्दा बन्धक बनाएको भन्न नमिल्ने उहाँले बताउनुभयो ।

हेटौँडा रिसोर्टमा रहेका सांसदलाई भेट्नसमेत नदिएको बताउँदै ओली समूहका प्रदेश सभाका सदस्य निरौला भन्नुहुन्छ, ‘हेटौँडा रिसोर्टमा सुविधा सम्पन्न जेलमा राखिएको हो । यो भने सांसदलाई राख्ने नयाँ प्रकारको जेल नै हो । पहिलेका सङ्घीय सांसदलाई जस्तै गरी सांसद किनबेचको शृङ्खलासमेत सुरु भइसक्यो ।’

प्रचण्ड र ओली समूहका ४५ जना सांसदले मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । यसपछि कसले बहुमत पुर्‍याउन सक्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP