Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

बाँकेका किसान चैते धानप्रति आकर्षित

रासस

नेपालगञ्ज : बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन्। सिँचाइ सुविधा भएको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन्।

कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले यो वर्ष अहिलेसम्म ९२ नयाँ किसानले चैते धानको खेती शुरु गरेको जानकारी दिए। उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बिउ वितरण गरेको जानकारी दिए।

बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला शुरु भएको जानकारी दिँदै बर्खे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए। कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बिउबाट गरी ४० हेक्टर भूभागमा चैते धानको खेती गरेका छन्।

यो वर्ष जिल्लाको बैजनाथ गाउँपालिका-८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका-३ को सूर्य, लालपुर्जा, वनकट्टी, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका-२ को के गाउँमा चैते धान खेती भएको छ।

गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ। पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका-६ की किसान गीता खत्रीले चैते धानमा अलि बढी मिहिनेत गर्नुपर्ने र रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी प्रयोग हुने बताइन्।

करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको गुनासो गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP